बुधबार, २७ कार्तिक, २०७६ Wednesday, 13 November, 2019

मन्त्रिपरिषद्को सिफारिसमा सात वटै प्रदेशका प्रमुख बर्खास्त

नेपालको संविधानको धारा १६५ को उपधारा (१)को खण्ड ख अनुसार सबैलाई  पदमुक्त गरिएको हो ।

 

काठमाडौं । सरकारले सातै वटा प्रदेशका प्रमुखहरुलाई बर्खास्त गरेको छ । 

आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखलाई बर्खास्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार मन्त्रिपरिषदको कार्तिक १७ गतेको निर्णयबाट सिफारिस भई आएअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१)को खण्ड ख अनुसार सबैलाई  पदमुक्त गरिएको हो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ माघ ३ गते प्रदेश नम्बर १ मा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, प्रदेश नम्बर  ५ मा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ललाई प्रमुखमा नियुक्त गरेको थियो ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा