मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

खराब प्रकाशले प्रभावित पहिलो दिनको खेल समाप्तिसम्म नेपालविरुद्ध एमसीसी बलियो

एमसीसीले पहिलो दिनको समाप्तिमा ८७ ओभरमा ६ विकेट गुमाएर ३११ रनको योगफल तयार गरेको छ।
नेपालको लागि सोमपाल कामी, सन्दिप लामिछाने र शरद भेसावकरले समान २/२ विकेट लिए।

 

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली र मार्लवन क्रिकेट क्लब (एमसीसी) बिच त्रिवि क्रिकेट मैदानमा भएको प्रथम श्रेणीको पहिलो दिनको खेल खराब प्रकाशको कारण ८७ ओभर मात्र खेल्न सम्भव भएको हो।

आजको खेलमा नेपालले टस जितेर फिल्डिंग गरेको थियो। पहिले ब्याटिंगको निम्तो पाएको एमसीसीले पहिलो दिनको समाप्तिमा ८७ ओभरमा ६ विकेट गुमाएर ३११ रनको योगफल तयार गरेको छ। खेलमा यासिर अराफात ३५ तथा एलेक्स थोम्पसन २२ रन बनाउँदै अविजित रहेका छन्।  एमसीसीको लागि ओपनर विल रोड्सले सर्वाधिक ७३ रन बनाउन ११० बलको सामना गर्दै १२ चौका प्रहार गरे।

नेपालको लागि सोमपाल कामी, सन्दिप लामिछाने र शरद भेसावकरले समान २/२ विकेट लिए। करण केसी, आरिफ शेख, ललित राजबंशी, र दिपेन्द्र ऐरि विकेट विहिन रहे। सबैभन्दा महँगो सावित भएका पवन सर्राफले ५ ओभरमा ३६ रन खर्चिए।

आज नेपालले १४ वर्षपछि प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन गरेको हो ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेपाल भ्रमणमा रहेको एमसीसी विरुद्ध सन् २००५ पछि पहिलो पटक प्रथम श्रेणीको खेल खेलेको हो । 

आजको खेलमा कप्तान ज्ञानेन्द्र, सन्दीप लामिछाने सहित अन्य ९ खेलाडीले प्रथम श्रेणीमा डेब्यू गरेका छन् । खेलमा राजु रिजाल, विनोद भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, करण केसी, पवन सरार्फले पनि डेब्यू गरेका छन् । तर सोमपाल कामी र शरद भेषवकरले भने प्रथम श्रेणीको खेल पहिल्यै खेलिसकेका छन् । 


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा