मंगलबार, २६ कार्तिक, २०७६ Tuesday, 12 November, 2019

 १८ वर्षीय रोड्रीगोको ह्याट्रिकमा रियालको शानदार जित

रोड्रीगोको ह्याट्रिक मद्दतमा रियाल म्याड्रिडले गालाटासरेविरुद्व ६-० को फराकिलो अन्तरको शानदार जित निकालेको छ। 
रियालका रोड्रीगोले रियलका लागि नयाँ कीर्तिमान समेत बनाएका छन् । फोटो: गेट्टी इमेज । गोल डटकम

 

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत समूह ‘ए’ को खेलमा ब्राजिलका १८ वर्षीय युवा फरवार्ड रोड्रीगोको ह्याट्रिक मद्दतमा रियाल म्याड्रिडले गालाटासरेविरुद्व ६-० को फराकिलो अन्तरको शानदार जित निकालेको छ। 

बुधवार राति रियालको घरेलु मैदानमा भएको खेलमा बेन्जेमाले २ गोल  र रामोसले १ गोल गरेका थिए। खेलको चौथो मिनेटमा नै रोड्रीगोले रियाललाईअग्रता दिलाएका थिए । सुरुवाती अग्रता लिएको तीन मिनेट नबित्दै रियलका लागि पुन: रोड्रीगोले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यस्तै खेलको १४ औं मिनेटमा रियलका लागि  रामोसले पेनाल्टी मार्फत गोल गर्दै अग्रता ३-० पुर्याए । रियल लागि पहिलो हाफको अन्त्यतिर बेन्जेमाले गोल गर्दै रियललाई फराकिलो अग्रता दिलाए ।

फोटो: च्याम्पियन्स लिग

खेलको दोस्रो हाफमा रियलले आफ्नो दबाब कायम राख्दै ८१ औं मिनेटमा बेन्जेमाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ५-० पुर्याए ।  रोड्रीगोले खेलको इन्ज्युरी समयमा आफ्नो ह्याट्रिक गर्दै रियालको फराकिलो जित निश्चित गरे ।  

रियालका रोड्रीगोले रियलका लागि नयाँ कीर्तिमान समेत बनाएका छन् । उनले रियलको लागि इतिहासमा नै कुनैपनि खेलाडीले ३ मिनेटको अन्तरमा लगातार दुई गोल गरेका थिएनन् । उनले खेलको चौथो र सातौं मिनेटमा गोल गर्दै २-० को अग्रता दिलाएका थिए ।

यो जितसँगै ४ खेलमा ७ अंक जोडेको रियलले तालिकाको दोस्रो स्थानमा सुरक्षित रहेको छ।  । शीर्षस्थानमा रहेको पीएसजीको ४ खेलमा १२ अंक रहेको छ ।

यसै समुहको पीएसजीले बुधबार भएको खेलमा ब्रुजालाई १-० ले पराजित गर्दै शत प्रतिशत जितको यात्रा कायम गरेको छ।  उसको जितमा २२ औं मिनेटमा एकमात्र गोल अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीले गरे । यो जितसँगै पीएसजी 'नकआउट' चरणमा प्रवेश गरिसकेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा