बुधबार, २७ कार्तिक, २०७६ Wednesday, 13 November, 2019

एमसीसीले नेपाललाई ३ सय ९३ रनको विशाल लक्ष्य दियो

एमसीसीले पहिलो इनिङमा २ सय ११ रनको ठुलो अग्रता लिएको एमसीसीले सम्रगमा ३ सय ९२ रनको अग्रता लिएको हो ।
विहीबार पहिलो इनिङमा नेपाल भने ४४.४ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो ।  फायल फोटो

 

काठमाडौं। नेपाल भ्रमणमा रहेको मार्लवन क्रिकेट क्लब (एमसीसी) ले नेपालसँगको तीन दिवसिय प्रथम श्रेणीमा खेलमा ३ सय ९३ रनको विशाल लक्ष्य दिएको छ । 

खेलको तेस्रो दिन शुक्रबारको पहिलो सेसनमा एमसीसीले ३६ ओभरमा १८१-६ को स्थितिमा आफ्नो दोस्रो इनिङ समाप्तीको घोषणा गर्दै नेपाललाई विशाल लक्ष्य चुनौती पेश गरेको छ। एमसीसीले २१ ओभरमा ९१–२ को अवस्थाबाट सुरु गरेको थियो ।  

एमसीसीले पहिलो इनिङमा २ सय ११ रनको ठुलो अग्रता लिएको एमसीसीले सम्रगमा ३ सय ९२ रनको अग्रता लिएको हो । विहीबार पहिलो इनिङमा नेपाल भने ४४.४ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । 

नेपालले १४ वर्षपछि प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन गरेको हो । यो नेपालको सन् २००५ पछिको पहिलो प्रथम श्रेणीको क्रिक्रेट खेल हो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा