बुधबार, २७ कार्तिक, २०७६ Wednesday, 13 November, 2019

आँखा शिविरमा चार सयको उपचार

बनेपा नगरपालिकाको साँगामा सदाज्योति बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको एकदिने निःशुल्क आखा शिविर ४०० जना लाभात्वित भएका छन् ।
सांकेतिक फाइल फोटो / वेब

 

काठमाडौं । बनेपा नगरपालिकाको साँगामा सदाज्योति बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको एकदिने निःशुल्क आखा शिविर ४०० जना लाभात्वित भएका छन् ।

बनेपा नगरपालिका– १३ र सूर्य्विनायक नगरपालिका–१० को संगमस्थल रहेको सो स्थानमा आयोजित शिविरमा साँगा बजार, खाल्चोक, नेवारटोल, खड्का गाउँ, भङ्गाल, भैँसेपाटी, लापुली तथा मगर गाउँका आँखाका बिरामी सहभागी थिए  । 

नब्बे वर्षका वृद्धवृद्धादेखि स्थानीय विद्यालयका विद्यार्थीसमेत सहभागी सो शिविरमा बनेपास्थित रेयुकाई एशुमासुनागा आँखा अस्पतालका चिकित्सकसहितको  प्राविधिक टोलीले  उपचार सेवा उपलब्ध गराएको थियो ।  

आँखा परीक्षणमा  केहीको  मोतियाबिन्दुको शल्यक्रियासमेत गर्नुपर्ने भएको सम्बद्ध चिकित्सकले बताए । आर्थिकरुपले अशक्त बिरामीको आँखाको शल्यक्रियाका लागि सो संस्थाले सहयोग गर्ने जानकारी दिएका थिए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा