टिकटकको पनि स्मार्टफोन आयो, मूल्य र ‘फिचर’ यस्ता छन्

कम्पनीका अनुसार यसमा ‘क्वालकम स्न्यापड्रागन’ ८५५ ‘प्लस चिपसेट’, १२ जीबीसम्मको याम, २ सय ५६ जीबी स्टोरेज तथा चारवटा क्यामेरा जडान गरिएको छ ।

 

एजेन्सी । टिकटकको मुख्य निर्माता कम्पनी बाइटडान्सले पहिलो स्मार्टफोनका रूपमा जिंगुओ प्रो ३ बजारमा ल्याएको छ  ।

चिनियाँ फोन निर्माता कम्पनी ‘स्मार्टिसन ब्रान्ड’को ‘प्याटेन्ट’ तथा ‘ट्यालेन्ट’लाई टिकटकले किनेको करिब एक वर्षपछि टिकटकले स्मार्टफोन बजारमा ल्याएको हो ।

उक्त मोबाइल स्मार्टिसन ब्रान्डमा उपलब्ध गराइएको छ । प्रयोगकर्ताहरूले यो स्मार्टफोनको ‘लक स्क्रिन स्वाइप’ गर्दा चाइनिज भर्सनको टिकटक ‘डोउइन’ चलाउन पाउनेछन् ।

त्यसैगरी, कुनैपनि अवधिको भिडियोमा टिकटक इफेक्ट तथा फिल्टर प्रयोग गर्न सकिनेछ ।

कम्पनीका अनुसार यसमा ‘क्वालकम स्न्यापड्रागन’ ८५५ ‘प्लस चिपसेट’, १२ जीबीसम्मको याम, २ सय ५६ जीबी स्टोरेज तथा चारवटा क्यामेरा जडान गरिएको छ । हाल चीनमा मात्र उपलब्ध यो स्मार्टफोनको अन्तर्राष्ट्रिय बजार मूल्य २ हजार ८ सय ९९ युआन अर्थात करिब ४ सय १२ अमेरिकी डलर (४७ हजार १ सय ३५ रुपैयाँ) तोकिएको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा