महिला भलिबल टोलीलाई ऐतिहासिक पहिलो स्वर्णपदक
नेपाली राष्ट्रिय महिला भलिबल टोलीले फाइनल खेलमा प्रतिद्धन्द्धी माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै ऐतिहासिक पहिलो स्वर्ण पदक जितेको छ ।

ढाका । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले फाइनल खेलमा प्रतिद्धन्द्धी माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै ऐतिहासिक पहिलो स्वर्ण पदक जितेको छ ।
बंगलादेशमा सम्पन्न प्रथम एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा बिहीबार माल्दिभ्सलाई पराजित गर्दै स्वर्णपदक हात परेको हो।
नेपाली महिला भलिबल टोलीले हालसम्म कुनै पनि स्वर्णपदक जित्न सकेको थिएन । २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजतपदक नै नेपाली महिला भलिबलको सबैभन्दा ठुलो पदक हो ।
बुधबार सेमिफाइनलमा नेपालले प्रतिद्धन्द्धी माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली राष्ट्रिय महिला भलिबल टोली ऐतिहासिक उपाधि नजिक पुगेको थियो ।
त्यस्तै नेपालले दक्षिण एसियाली खेलकुद प्रथियोगिता (साग) मा तीन कास्यपदक जितेको छ । साथै नेपाल च्याम्पियनसिपमा एक्लो अपराजित टोली समेत रहन सफल भयो।
पुरा खेल हेर्नुस्