पेलेले भने - मेस्सी सबैभन्दा पूर्ण खेलाडी, अग्रपङ्तिमा मेरो 'पर्फेक्ट पार्टनर'

बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई आफ्नो टिममा अग्रपङ्ति सम्हाल्ने साथीको रूपमा छान्ने बताउँदै अर्जेन्टिनी फरवार्ड आधुनिक युगको “सबैभन्दा पूर्ण खेलाडी” भएको स्विकारेका छन्। 
पाँच पटकको बालोन डि\'अर्स विजेता मेस्सीले सर्वकालीन महान खेलाडीहरुको सुचिमा आफुलाई सर्वोत्कृष्ट भएको प्रमाणित गरिसकेका छन्।  फायल फोटो । मार्का

 

काठमाडौँ। ब्राजिलका दिग्गज महान फुटबल खेलाडी पेलेले बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई आफ्नो टिममा अग्रपङ्ति सम्हाल्ने साथीको रूपमा छान्ने बताउँदै अर्जेन्टिनी फरवार्ड आधुनिक युगको “सबैभन्दा पूर्ण खेलाडी” भएको स्विकारेका छन्। 

क्याम्प नोउको इतिहासका पुस्तक पानाहरू थुप्रै इतिहास रचेका पाँच पटकको बालोन डि'अर्स विजेता मेस्सीले सर्वकालीन महान खेलाडीहरुको सुचिमा आफुलाई सर्वोत्कृष्ट भएको प्रमाणित गरिसकेका छन्। 

धेरैको लागि, सर्वकालीन महान खेलाडीहरुमध्ये सर्वोत्कृष्ट को भन्ने छलफल आउँदा मेस्सी नै पेले र डिएगो माराडोनाभन्दा पनि माथिल्लो स्तरको रहेको अभिव्यक्ति दिने गर्छन। 

 फायल फोटो । मार्का 

विश्व फुटबलमा सधै शीर्ष स्थानमा रहने एक प्रतिष्ठित पूर्ववर्ती स्वीकार्छन् कि दक्षिण अमेरिकीको वर्तमान विश्वव्यापी मञ्चमा खेल्ने खेलाडीमध्ये आफुले एक स्ट्राइक साझेदारको रुपमा छनोट गर्नुपर्दा आफ्नो लागि मेस्सी नै सबैभन्दा उत्तम छनोट हुने बताएका छन्। 

पेलेलाई २०१९ प्रदर्शनको आधारमा को एक खेलाडीसंग सहकार्य गरेर खेल्न चाहनुहुन्छ भन्ने ग्याजेटा डेल्लो स्पोर्टले सोधेका प्रश्नको पेले भने: "मलाई लाग्छ लियो मेस्सी''।

"उनी एक कुशल खेलाडी हुन्, एसिस्ट गर्छन्, पास दिन्छन्, गोल गर्छन्, बल राम्ररी छल्न सक्छन् ।''

“यदि हामी संगसंगै एउटा टोलीमा खेलेको भए प्रतिद्वन्द्वीले एउटा मात्र होइन, दुई जना खेलाडीको चिन्ता लिनुपर्थ्यो! "

 फायल फोटो । फिफा 

"आज मेस्सी सबैभन्दा पूर्ण खेलाडी हन्।" पेलेले भने। 

पेलेले मेस्सी वर्तमानको एक महान खेलाडी मात्र नभईकन यो युगमा नै उनी जतिको पूर्ण खेलाडी एकदम कम रहेको बताएका छन्। 

यो समाचार गोल डटकमबाट साभार गरिएको हो। 


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा