सद्भावना क्रिकेट खेल्न त्रिवि क्रिकेट मैदान पुगे सचिन तेन्दुल्कर

सचिनले त्रिवि क्रिकेट मैदानमा विनोद दासको टोलीसँग सद्भावना क्रिकेट खेल्नेछन् ।
युनिसेफको बालअधिकार सम्बन्धि सचेतनामुलक कार्यक्रममा क्रिकेट खेल्न त्रिवि क्रिकेट खेल्न नेपाल आइपुगेका विश्व क्रिकेटका महान हस्ती सचिन तेन्दुल्कर । फोटो : युनिसेफ नेपाल

 

काठमाडौं । विश्व क्रिकेटका महान हस्ती सचिन तेन्दुल्कर त्रिवि क्रिकेट मैदान पुगेका छन् ।

शुक्रबार साँझ काठमाडौं आइपुगेका सचिन कडा सुरक्षाका साथ काठमाडौं आएका उनी युनिसेफको बालअधिकार सम्बन्धि सचेतनामुलक कार्यक्रममा क्रिकेट खेल्न त्रिवि क्रिकेट मैदान पुगेका हुन् ।

सचिनले त्रिवि क्रिकेट मैदानमा विनोद दासको टोलीसँग सद्भावना क्रिकेट खेल्नेछन् । खेल शनिबार बिहान १० बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासले विश्व क्रिकेटका महान खेलाडी सचिन तेन्दुलकरको नेपाल आगमनले नेपाली क्रिकेटलाई उर्जा दिने बताएका छन् ।

युनिसेफले बालबालिकाको अधिकारसम्बन्धी सचेतना जगाउन आफ्ना सद्भावना दूतसमेत रहेका सचिनलाई नेपाल ल्याएको हो । सचिन र विनोदको टिमका अन्य सदस्य भने बालबालिकाहरु हुनेछन् ।

विनोदले सामाजिक सञ्जालमार्फत सचिनविरुद्ध त्रिवि मैदानमा खेल्न लागेको पुष्टि गरेका थिए। उनले क्रिकेट शब्दको समानार्थी व्यक्तिसँग मैदान सेयर गर्न पाउँदा खुसी लागेको बताएका छन्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा