फिलोसोफिस्का नेपालमा ४६ जना बालबालिकाको निःशुल्क आँखा जाँच

फिलोसोफिस्का नेपालका ४६ जना बालबालिकाहरुको नेपाल अप्टोमेट्री स्टुडेन्ड्स सोसाइटीको प्राविधिक सहयोगमा दृष्टि जाँच गरिएको हो ।

 

काठमाडौं । त्रिवि शिक्षण अस्पतालको दृष्टि विशेषज्ञहरुले फिलोसोफिस्का नेपालका बालबालिकाको निः शुल्क आँखा शिविरको आयोजना गरेको छ ।

अनाथ बालबालिकाहरुको रेखदेख र कक्षा ४ सम्म निशुल्क अध्यापन गर्दै आएको फिलोसोफिस्का नेपालका ४६ जना बालबालिकाहरुको नेपाल अप्टोमेट्री स्टुडेन्ड्स सोसाइटीको प्राविधिक सहयोगमा दृष्टि जाँच गरिएको हो ।

शिक्षण अस्पतालका इन्टर्नसिप गरिरहेका सुरज थापामगर, अमित पौडेल, विपिन कोइराला, प्रजिता खड्का र अशि गुप्ता लगायतले दृष्टि जाँच गरेका थिए । दृष्टि जाँचको क्रममा ९ जना बालबालिकामा समस्या देखिएको छ । फिलोसोफिस्का नेपालका संयोजक अशोकराज पाण्डेले समस्या देखिएका बालबालिकाहरुको थप उपचार शिक्षण अस्पतालमै गरिने बताए ।

फिलोसोफिस्का नेपालका अध्यक्ष डा. राजेन्द्र केसीले बच्चाहरुलाई सहयोग गर्न पाउँदा निकै गौरवान्तित महसुस भएको सुनाए । समाजका विभिन्न तह र तप्काको सहयोगले संस्था चलेको र आगामी दिनमा पनि सहयोग पाईरहने अपेक्षा गरिएको उनले सनुाए । 

२०६९ सालमा स्थापना भएको फिलोसोफिस्का नेपालले सडक बालबालिका र अभिभावकबिहिन अनाथ बालबालिकाहरुको निःशुल्क अध्यापन, रेखदेख र नियमित स्वास्थ्य जाँच गराउँदै आएको संयोजक पाण्डेले बताए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा