सचिन तेन्दुलकरको टिमले त्रिवि मैदानमा खेल जित्यो 

त्रिवि अन्तररास्ट्रिय क्रिकेट मैदानमा युनिसेफको आयोजनामा भएको सचिन तेन्दुलकर र विनोद दासको कप्तानी भएको सद्भावना क्रिकेट खेलमा सचिनको टिम विजयी भएको छ ।
सचिन ब्याटिंग गर्न मैदान प्रवेश गर्दा कीर्तिपुर मैदानमा उपस्थित समर्थकहरुले ठुलो हुटिङ गर्दै छक्का प्रहार गर्न आग्रह गरेका थिए । फोटो : युनिसेफ नेपाल

 

काठमाडौँ। त्रिवि अन्तररास्ट्रिय क्रिकेट मैदानमा युनिसेफको आयोजनामा भएको सचिन तेन्दुलकर र विनोद दासको कप्तानी भएको सद्भावना क्रिकेट खेलमा सचिनको टिम विजयी भएको छ ।

क्रिकेट मैदानमा शनिबार भएको १० ओभरको मैत्रीपूर्णमा सचिनको टिम 'ब्लु' ले विनोदको 'रेड' माथि ६ विकेटको जित निकालेको हो । विनोदको टिमले दिएको ४६ रनको लक्ष्य सचिनको टिमले ८ ओभरमा पुरा गरेको हो ।

सचिनले आज ब्याटिंग गर्दै ७ रन बनाए । उनले एक चौका पनि प्रहार गरेका थिए । सचिन ब्याटिंग गर्न मैदान प्रवेश गर्दा कीर्तिपुर मैदानमा उपस्थित समर्थकहरुले ठुलो हुटिङ गर्दै छक्का प्रहार गर्न आग्रह गरेका थिए ।

युनिसेफको सद्भावना दूत रहेका सचिन बाल अधिकार सम्बन्धि एक कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन् ।

युनिसेफको निमन्त्रणामा गएराति काठमाडौं पुगेका सचिनले कीर्तिपुर मैदानमा बलिङ समेत  गरेका थिए । दुवै टिममा विभिन्न स्कुलका विद्यार्थी खेलाडी रहेका थिए ।


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा