नेपाल इमर्जिङ कपको समूह चरणबाटै बाहिरियो

आज बंगलादेशसँग हारेर हङकङको जितमा सेमिफाइनल प्रवेश गर्ने झिनो आशामा बसेको नेपालको सपना भारतले हङकङलाई १ सय २० रनले पराजित गरेसँगै तुहिएको हो ।
एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत समूह चरणको अन्तिम निर्णायक खेलमा नेपालले आयोजक बंगलादेश विरुद्व टस हारेर ब्याटिंग गर्दै। फोटो: एसीसी

 

काठमाडौँ।  नेपाल बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। आज बंगलादेशसँग हारेर हङकङको जितमा सेमिफाइनल प्रवेश गर्ने झिनो आशामा बसेको नेपालको सपना भारतले हङकङलाई १ सय २० रनले पराजित गरेसँगै तुहिएको हो ।

हङकङलाई हराएसँगै भारत भने समूह 'बी' बाट समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ । नेपालसँगै हङकङ पनि प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणमा नेपालले एक जित निकाल्यो । 

नेपालमाथि ८ विकेटको सहज जित निकालेको घरेलु टोली बंगलादेश एसीसी इमर्जिङ टिम्स एसिया कपमा समुह विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ । 

आज टस हारेर पहिले ब्याटिंग गर्ने निम्तो पाएको नेपालले ४४.३ ओभरमा  १ सय ३८ रनमा अल आउट हुँदै बंगलादेशलाई १ सय ३९ रनको झिनो लक्ष्य दिएको थियो । उक्त लक्ष्य बंगलादेशले २४ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो। 

बंगलादेशका कप्तान नज्मुल सान्तोले अविजित ५९ रनको अर्धशतकीय पारी खेले। त्यस्तै मोहम्मद नइम शेखले ४५ को योगदान दिए। याशिर अली चौधरीले अविजित १८ रनको पारी खेल्दा सौम्य सरकार ११ रनमा पभेलियन फर्किए।   

नेपालका लागि सोमपाल कामीले ६३ बलमा ४ चौका सहित ३८ रनको सर्वाधिक योगदान दिए भने ओपनर कुशल भुर्तेलले २२ बलमा १ चौका सहित १० रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल २७ बलमा ४ चौकासहित २२ रनमा आउट भए । सरद भेषवकर १ रनमा पेभिलिएन फर्किए । 

नेपालका उप कप्तान दीपेन्द्र सिंह एरी ६ रनमा र आरिफ शेख ११ रनमा क्याच आउट भए । अन्य ब्याट्सम्यानहरु सन्दीप जोरालाई शून्यमा एलबी डब्लू आउट हुँदा पवन सरार्फ पनि ९ रनमा आउट भए । विकेटकिपर विनोद भण्डारीले ८ रन बनाएर एलवी डब्लू आउट भए। नवौं विकेटका लागि सोमपाल कामी र करण केसीले ५० रनको साझेदारी गर्दै नेपालको इनिङ्ग सम्हालेका थिए । करण १८ क्याच आउट हुनु अघि ४७ बलमा १ चौका र छक्का प्रहार गरे ।

बंगलादेशका सैयद मिन्हाजुल आबेदीनले १० ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । तनविर सिंहले १० ओभरमा २ मेडन सहित २६ रन खर्चेर २ विकेट लिए । सुमन खानले ८.३ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । मेहदी हसनले ९ ओभरमा १ मेडन सहित २५ रन खर्चेर २ विकेट लिए ।

 

नेपाली टोली: 

ज्ञानेन्द्र मल्ल(कप्तान), सोमपाल कामी, करण केसी, कुशल भुर्तेल, शरद भेषावकर, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, विनोद भण्डारी, र सुसन भारी

 

बंगलादेश टोली :

नज्मुल सान्तो(कप्तान), मोहम्मद नइम शेख,सौम्य सरकार, मोहम्मद जाहिर हसन, याशिर अली चौधरी, महिदुल इस्लाम बुलयान, अबीदिन अफ्रिदी, तनविर इस्लाम, सुमन खान, मोहम्मद मेहदी हसन र महदी हसन

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा