महिला नेतृत्व स्थापित गर्ने अवसर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले कास्की–२ मा महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन् ।
फायल फोटो : वेव

 

चिप्लेढुङ्गा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले कास्की–२ मा महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन् ।

कास्की क्षेत्र नं २ का उम्मेद्वार विद्या भट्टराईको चुनावी अभियानको कोणसभामा पाण्डेले विद्या भट्टराई  सशक्त नारी हस्ताक्षर भएको बताए ।

 नेता पाण्डेले कम्युनिष्टले मात्र देशको स्वाधीनता र राष्ट्रियता जोगाउन सक्ने भएकाले कम्युनिष्ट नेतृत्वमा प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन्  । उम्मेदवार भट्टराईले पूर्वाधार विकास बिना समृद्धि सम्भव नहुने हुँदा आफूसँग थुप्रै योजना रहेकाले सो योजना कार्यान्वयनका लागि अवसर प्रदान गर्न आग्रह थियो ।

जनता भेटघाट कार्यक्रममा नेकपाका जिल्ला सदस्य, नेकपाका वडाध्यक्ष, पूर्वजनप्रतिनिधिसहित स्थानीयवासीको बाक्लो सहभागिता रहेको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा