बझाङमा ५.७ रेक्टर स्केलको भूकम्प, केन्द्रविन्दु पौवागढी क्षेत्र

 

बझाङ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज साँझ भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा ७ : १५ बजे ५.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी शारदा ढकालले सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जानकारी दिए ।

भूकम्पबाट के कति क्षति भयो भन्नेबारे एकिन जानकारी प्राप्त हुन सकेको छैन । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा