आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

संसारमा तीनजनाले मात्र बोल्ने भाषा !

संसारमा सबैभन्दा लोपोन्मुख भाषा ‘बदेशी’लाई मानिएको छ । । यो भाषा बोल्नसक्ने संसारमा तीनजना मात्रै जीवित रहेका छन् ।
‘बदेशी’भाष बोल्ने जान्ने तीनजना सइद गुल, रहिम गुल र अलि शेर । फोटो बीबीसी /भिडियो

 

काठमाडौं। संसारमा सबैभन्दा लोपोन्मुख भाषा ‘बदेशी’लाई मानिएको छ । । यो भाषा बोल्नसक्ने संसारमा तीनजना मात्रै जीवित रहेका छन् ।

'बीबीसी'का अनुसार लोपोन्मुख ‘बदेशी’ भाषा उत्तरी पाकिस्तानको विगट हिमाली उपत्यकामा बोलिने गर्दछ । तर, अहिलेसम्ममा यो भाष बोल्ने तीनजना सइद गुल, रहिम गुल र अलि शेरमात्रै जीवित रहेका छन् ।

विश्वभरको भाषाहरुको अध्ययन गर्ने तथा ती भाषाहरुको सूची बनाउने संस्था ‘इथ्नोलग’का अनुसार बदेशी भाषा लोप हुँदैछ ।

विगट हिमाली क्षेत्रको सानो समुदायमा बोलिने यो भाषा लोप हुनुका कारण ती समुदायले अन्य क्षेत्रका समुदायसँग विवाह प्रमुख मानिएको छ ।

यस भाषका जानकारमध्ये एक सइल गुलले 'बीबीसी'लाई बताएनुसार पहिले यो भाषा ९१० परिवारले बोल्ने गर्थे । गुलले भने, ‘ती सबैले अन्य क्षेत्रका महिलाहरुसँग विवाह गरे । त्यसपछि उनीहरुको सन्तानले आमाको भाषा सिके र बदेशी भाषा मर्दै गयो ।’

‘इथ्नोलग’का अनुसार बदेशी भाषको संरक्षण गर्न तत्काल केहि नगरे ती तीनैजनाको मृत्युपछि यो भाषा पूर्णरुपले लोप हुने उल्लेख गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा