नवविवाहित जोडिलाई बुद्ध एयरले पोखराको दुईतर्फी टिकट उपहार दिने
बुद्ध एयरले मंगलबार एक विज्ञप्ति जारी गर्दै नव विवाहिता जोडीलाई शुभकामनासहित पोखराको दुईतर्फी टिकट उपहार दिने बताएको हो।
काठमाडौँ: बुद्ध एयरले आफ्नो विमानमा यात्रा गर्ने नव विवाहिता जोडीलाई काठमाडौँ-पोखराको दुईतर्फी टिकट उपहार दिने भएको छ।
बुद्ध एयरले मंगलबार एक विज्ञप्ति जारी गर्दै नव विवाहिता जोडीलाई शुभकामनासहित पोखराको दुईतर्फी टिकट उपहार दिने बताएको हो।
'नवविवाहिता जोडिलाई शुभकामनासहित उपहार !
हाम्रो विमानबाट बेहुला बेहुली यात्रा गर्ने जोडीलाई पोखराको दुईतर्फि टिकट उपहार । तपाईले यात्रा गरेको तस्विर हामीलाई ट्याग गर्न नर्बिसनुहोस् ।' बुद्ध एयरले विज्ञप्तिमा लेखेको छ।
तर यसका लागि बेहुला-बेहुलीसहित यात्रा गरेको तस्बिर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ।
-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित

.jpeg)




