महंगीको चरम नमूना : एक किलो गोलभेडाको मूल्य ५० लाख, कफीको २५ लाख !
भेनेजुएलामा अहिले देखिएको बजार मूल्यवृद्धि थाहा पाउने हो भने सबैको अनुमान फेल खानसक्छ ।
बीबीसी, ५ भदौ । बजारमा कतिसम्म मूल्यवृद्धि होला ? सामान्य मानिसलाई लाग्नसक्छ की दोब्बर, तेब्बर या चौरल । तर, भेनेजुएलामा अहिले देखिएको बजार मूल्यवृद्धि थाहा पाउने हो भने सबैको अनुमान फेल खानसक्छ ।
अहिले भनेजुएलाका मानिसहरुले चरम बजार मल्यबृद्धिको सामना गरिरहेका छन् । चरम बजार मूल्यवृद्धिको सामना गर्न निकोलस मादुरोको सरकारले त्यहाँको मुद्रा ‘बोलिभार’को नाम फेरेर ‘सोभरेन बोलिभार’ राखेको छ । यस नयाँ योजनाबाट त्यहाँका मानिसहरु रनभुल्लमा परेका छन् ।
नयाँ योजनाअर्न्तगत २, ५, १०, २०, ५०, १००, २०० र ५०० 'बोलिभार'का नयाँ नोटहरु सार्वजनिक गरिएको छ ।
अर्न्तराष्ट्रिय मुद्रा कोषले अहिले 'बोलिभार' मुद्राको अवमूल्यन (मुद्रास्फिर्ती) ९५ प्रतिशत पुगेको जनाउँदै बजार मूल्यवृद्धि १० लाख प्रतिशत पुग्ने अनुमान लगाएका छन् ।
त्यस्तै, अर्थशास्त्रीअरुले पनि भनेजुएलामा आर्थिक संकट झन् खराब बिन्दुमा पुग्ने चेतावनी दिएका छन् ।
राष्ट्रिय सभाका अनसार हरेक २६ दिनमा बजार मूल्यवृद्धि दोब्बर हुने गरेको छ ।
अहिले भेनेज्वएलामा एक कप कफीको मूल्य २५ लाख बोलिभार रहेको छ भने १ किलो चामलको मूल्य पनि २५ लाख बोलिभार नै रहेको छ । त्यस्तै, एक किलो गोलभेडाको मूल्य ५० लाख बोलिभार रहेको छ भने एक किलो चिजको मूल्य ७५ लाख बोलिभार रहेको छ ।
चरम मूल्यबृद्धिले ठुला नोटहरुको माग बढिरहेको छ । तर, केन्द्रिय बैंकले ग्राहकलाई सीमित पैसा निकाल्ने व्यबस्था गरेपछि मानिसहरु स–साना नोटका भारी बोकेर बजार जान थालेका छन् ।
केहि मानिसहरुले भने अनलाइन पेमेन्ट गर्न थालेका छन् । बीबीसीकी संवाददाता केटी वाट्सनले आफू बसेको होटलमा एक रोल ट्वाइलेट पेपरलाई ३० लाख बोलिभार तिरेको बताउँदै वेटरलाई टीप्ससमेत अनलाइनमार्फत दिनुपरेको बताएकी छन् ।
सरकारले भर्चुअल नोटको प्रयोगमा बढोत्तरी गर्ने योजनासमेत अघि सारेको छ । राष्ट्रपति मादुरोले ट्वीटरमार्फत सबै आर्थिक संकट समाधान हुने बताएका छन् । बीबीसी हिन्दिको सहयोगमा
-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित




.jpeg)




