सिर्जनशील युवा समाज काँगेलले प्रिती राई र कुमार प्रयासलाई सम्मान गर्ने
सिर्जनशील युवा समाज काँगेल, काठमाडौँ सम्पर्क समितिले नेपाली महिला फुटबल टोलीकी मिडफिल्डर प्रिती राई र भ्वाइस अफ नेपाल सिजन- ५ का सेकेण्ड रनर अप गायक तथा संगीतकार कुमार प्रयास राईलाई सम्मान गर्ने
काठमाडौँ: सिर्जनशील युवा समाज काँगेल, काठमाडौँ सम्पर्क समितिले नेपाली महिला फुटबल टोलीकी मिडफिल्डर प्रिती राई र भ्वाइस अफ नेपाल सिजन- ५ का सेकेण्ड रनर अप गायक तथा संगीतकार कुमार प्रयास राईलाई सम्मान गर्ने भएको छ।
संस्थाको काठमाडौँ सम्पर्क समितिले नेपाल सरकारका रक्षामन्त्री माननीय मानवीर राईको प्रमुख आतिथ्यमा आउँदो चैत ३० गते शनिबार एक विशेष सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम–२०८१ आयोजना गर्न लागेको अध्यक्ष योग्य प्रसाद राईले जानकारी दिए।
काठमाडौँको कपनमा रहेको शारदा एकेडेमी विद्यालयमा हुने यो कार्यक्रमले नयाँ वर्ष २०८२ को अवसर पारेर राष्ट्रियस्तरमा खेलकुद र संगीतमा योगदान पुर्याएकाले उनीहरुलाई सम्मान गरिन लागिएको अध्यक्ष राईले बताए।
सोलुखुम्बु जिल्लामा जन्मिएर अन्तर्राष्ट्रिय स्तरसम्म राष्ट्रिय गौरव बन्न सफल खेलाडी प्रिती राईलाई नगदसहित सम्मान गरिने उनले बताए। राष्ट्रिय महिला फुटबल टिमकी उत्कृष्ठ खेलाडीको रूपमा स्थापित प्रिती राईलाई खेलकुद क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिन लागिएको अध्यक्ष राईले बताए।
यसै अवसरमा भ्वाइस अफ नेपाल सिजन-५ का सेकेण्ड रनर अप गायक तथा संगीतकार कुमार प्रयास राईलाई विशेष सम्मान प्रदान गरिनेछ। नेपाली संगीतमा उनले पुर्याएको योगदानलाई कदर गर्दै सम्मान प्रदान गरिने भएको हो।
यस सम्मान समारोह र शुभकामना आदानप्रदान कार्यक्रमले सिर्जनशीलता, प्रतिभा, र राष्ट्रिय गौरवलाई उजागर गर्दै आगामी पुस्तालाई प्रेरित गर्ने अपेक्षा आयोजकले गरेको छ।
मिति: २०७८ चैत ३० गते, शनिबार
स्थान: शारदा एकेडेमी, कपन, काठमाडौँ
आयोजक: सिर्जनशील युवा समाज काँगेल, काठमाडौँ सम्पर्क समिति
सहयोगी संस्था: शारदा एकेडेमी
-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित


.jpeg)




