श्रम संस्कृति पार्टी सोलुखुम्बुको संयोजकमा वियस राई, सचिवमा दिलीप सङ्कल्प

पार्टीको सचिवको जिम्मेवारी थुलुङ्ग दुधकोशीका युवा साहित्यकार तथा व्यवसायी दिलीप सङ्कल्प राईले पाएका छन्।  
धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी सोलुखुम्बुको संयोजकमा वियस राई चयन भएका छन् ।

 

 

काठमाडौँ : धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी सोलुखुम्बुको संयोजकमा वियस राई चयन भएका छन् ।

पार्टीको सचिवको जिम्मेवारी थुलुङ्ग दुधकोशीका युवा साहित्यकार तथा व्यवसायी दिलीप सङ्कल्प राईले पाएका छन्।  

शनिबार सल्लेरीमा आयोजित जिल्ला स्तरको भेलाबाट राईको संयोजकत्वमा ३३ सदस्सीय जिल्ला समिति गठन गरिएको थियो।

संयोजक राई पूर्व प्रहरी हुन् । साहित्यमा कलम चलाउने राई सरकारी जागिर त्यागेर समाज परिवर्तनको लागि भन्दै राजनीतिक यात्रा रोजेका हुन्।  उनले गएको स्थानीय तहको निर्वाचनमा नेचासल्यान २ मा वडाध्यक्षको उम्मेदवार बनेका थिए ।  

उनी तत्कालीन नेकपा माओवादी केन्द्रका नेचासल्यान गाउँपालिकाको अध्यक्ष  थिए ।

समितिको सह-संयोजकमा महेश कुमार राई, सहसचिव जयस थुलुङ राई, कोषाध्यक्षमा दीप राई, सह कोषाध्यक्षमा खेम नाछिरिङलाई चयन गरिएको छ ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा