कांग्रेस, माओवादीले न्यायमूर्तीमाथि महाअभियोग लगाएका थिए: रवीन्द्र मिश्र
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले न्यायमूर्ती सुशीला कार्कीमाथि महाअभियोग लगाएको स्मरण गरेका छन् ।
काठमाडौं: विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले अहिलेको अवस्था आउनुमा नेपाली कांग्रेस-माओवादीलागयत पनि उत्तिकै दोषी रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले न्यायमूर्ती सुशीला कार्कीमाथि महाअभियोग लगाएको स्मरण गरेका छन् ।
उनले भनेका छन्,‘हामी सबै प्रधानमन्त्री र राष्ट्रपतिको हर्कतविरूद्ध खनिएका छौँ। हाम्रो सम्झना शक्तिको डोरी छोटो छ। हामी के नबिर्सौँ भने नेपाली कांग्रेस र माओवादी मिलेर कुनैबेला सुशीला कार्की जस्ती न्यायकी प्रतिमुर्तीविरुद्ध समेत महाअभियोग दर्ता गरेका थिए ।’
तीनले अनगिन्ती भ्रष्टाचार, अख्तियारको दुरुपयोग र गैर–कानूनी काम गरेको उल्लेख गर्दै मिश्र भन्छन्,‘अहिले पनि यिनले झण्डै ३ महिनाको समय पाउँदा समेत सरकार बनाउन सकेनन्। अहिलेको स्थितिका लागि यी कम जिम्मेवार छैनन् ।’
हामी प्रम/राप विरूद्ध खनिएका छौँ।नबिर्सौँ, कांग्रेस/माओवादीले सुशीला कार्कीजस्ती न्यायकी प्रतिमुर्तीविरुद्ध समेत महाअभियोग दर्ता गरेका थिए।र उनीहरूले अनगिन्ती गैर-कानूनी काम गरेका छन्।अहिले नि झण्डै ३ महिनासम्म यिनले सरकारै बनाउन सकेनन्। यो स्थितिका लागि यी कम जिम्मेवार छैनन्।
— Rabindra Mishra (@RabindraMishra) May 22, 2021
-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित




