गलत तथा भ्रामक सूचनाविरुद्ध लड्न अनलाइन कोर्ष सार्वजनिक

गलत तथा भ्रामक सूचनाबारे अध्ययन गर्न चाहनेका लागि नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा युथ इनोभेसन ल्याबले अनलाइन कोर्ष सार्वजनिक
शुक्रबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै युथ इनोभेसन ल्याबका प्रबन्ध निर्देशक प्रदीप खतिवडा र दूतावासका सार्वजनिक मामिला प्रमुख ग्यारेट ई. विल्करसनले संयुक्त रूपमा कोर्ष सार्वजनिक गरेका छन् ।

 

 

काठमाडौँ: गलत तथा भ्रामक सूचनाबारे अध्ययन गर्न चाहनेका लागि नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा युथ इनोभेसन ल्याबले अनलाइन कोर्ष सार्वजनिक गरेको छ । 

शुक्रबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै युथ इनोभेसन ल्याबका प्रबन्ध निर्देशक प्रदीप खतिवडा र दूतावासका सार्वजनिक मामिला प्रमुख ग्यारेट ई. विल्करसनले संयुक्त रूपमा कोर्ष सार्वजनिक गरेका छन् ।

शिक्षा डट अर्गमार्फत सार्वजनिक गरिएको ‘गलत र भ्रामक सूचना सम्बन्धी बुझाइ र यस विरुद्धको लडाईं’ कोर्षमा पाँच ओटा मोड्युल रहेका छन् । यो कोर्ष काठमाडौँ पोस्टका पूर्व प्रधान सम्पादक अखिलेश उपाध्यायको नेतृत्वमा विकास गरिएको पाठ्यक्रममा हो।

कोर्षमा राजन पोखरेलले विकास गरेको पहिलो मोड्युलमा परम्परागतदेखि नयाँ मिडियासम्म नेपालको विकसित मिडिया परिदृश्यको अन्वेषण गरिएको छ ।दीपक अधिकारीले तयार पारेको दोस्रो मोड्युल व्यक्तिहरूलाई प्रभावकारी तरिकाले तथ्य-जाँच गर्ने प्रविधिहरू प्रदान गर्न र गलत र भ्रामक सूचनाहरू विरुद्ध लड्न मिडिया साक्षरता प्रवर्द्धन गर्नमा केन्द्रित रहेको छ ।

त्यसैगरी अवास्ना पाण्डेले तेस्रो मोड्युलको नेतृत्व गरेकी छिन् । यो मोड्युल नेपालमा सीमान्तकृत समुदायहरूलाई लक्षित गरी फैलाइने गलत र भ्रामक सूचनाहरूविरुद्ध लड्न र यी समूहहरूमा यसको प्रभाव कस्तो हुन्छ भन्ने कुराको मूल्याङ्कनमा केन्द्रित छ ।

त्यस्तै, अन्तिम कोर्ष लक्ष्मी महर्जनले विकास गरेको मोड्युल गलत  र भ्रामक सूचना विरुद्ध लड्न विश्वव्यापी रूपमा अवलम्बन गरिएका उत्कृष्ट अभ्यास, कानुनी र नियामक रणनीतिहरूमा केन्द्रित छ । 

हरेक मोड्युल सकिएपछि त्यससम्बन्धी टेस्टमा सहभागी हुनुपर्छ । ८० प्रतिशतभन्दा बढी ल्याएको खण्डमा मात्र नयाँ मोड्युलमा सहभागी हुन सकिन्छ । यसरी जसले चार ओटै मोड्युल सक्छ, उसले अन्तिममा युथ इनोभेसन ल्याबको तर्फबाट डिजिटल सर्टिफिकेट पाउने व्यवस्था गरिएको छ । 

सम्बन्धित समाचार
ट्वीटरमा