कुमार प्रयास राई र रेनु चाम्लिङको स्वरमा ‘सुन काटी तोला’ सार्वजनिक

गायक कुमार प्रयास राईले पछिल्ला वर्षहरूमा विभिन्न सांगीतिक सिर्जनामार्फत आफ्नो गायन यात्रालाई निरन्तरता दिँदै आएका छन्। ‘सुन काटी तोला’लाई पनि उनको सांगीतिक यात्राको अर्को नयाँ प्रस्तुति

 

 

काठमाडौँ : गायक तथा संगीतकार कुमार प्रयास राई र गायिका रेनु चाम्लिङको स्वरमा पूर्वेली नयाँ गीत ‘सुन काटी तोला’ सार्वजनिक भएको छ। गीत गायक कुमार प्रयास राईको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

नेपाली गीत-संगीत क्षेत्रमा निरन्तर सक्रिय रहेका गायक कुमार प्रयास राईको नयाँ सांगीतिक प्रस्तुतिका रूपमा आएको ‘सुन काटी तोला’मा राकेश किरातीको शब्द र विक्रम राईको संगीत रहेको छ। गीतको संगीत संयोजन विशम आचार्यले गरेका छन्।

गीतमा कुमार प्रयास राई र रेनु चाम्लिङको युगल स्वर सुन्न सकिन्छ। गीतको रेकर्डिङ किङ स्टुडियोमा गरिएको हो भने सुरेश राईले रेकर्डिस्टको जिम्मेवारी सम्हालेका छन्। त्यस्तै, गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन्।

गीतको अडियोसँगै भिडियो पक्षलाई पनि आकर्षक बनाइएको छ। भिडियोमा डोना थापा मगर, अञ्जना राई र भावना राईले अभिनय तथा नृत्य प्रस्तुत गरेका छन्।

भिडियोको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने कोरियोग्राफी कमल राईको रहेको छ। भिडियो निर्देशन अनिल कोयी राईले गरेका छन्। गीत तथा भिडियोका निर्माता दिपेन राई हुन्।

‘सुन काटी तोला’मार्फत प्रेम, भावना र नेपाली सांगीतिक स्वादलाई श्रव्य-दृश्य रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। आकर्षक शब्द, मेलोडी, युगल गायन तथा नृत्यप्रधान भिडियोका कारण गीतले संगीतप्रेमी दर्शक तथा श्रोताको ध्यान तान्ने अपेक्षा निर्माण पक्षले गरेको छ।

गायक कुमार प्रयास राईले पछिल्ला वर्षहरूमा विभिन्न सांगीतिक सिर्जनामार्फत आफ्नो गायन यात्रालाई निरन्तरता दिँदै आएका छन्। ‘सुन काटी तोला’लाई पनि उनको सांगीतिक यात्राको अर्को नयाँ प्रस्तुतिका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार
ट्वीटरमा