नेपालमै पहिलोपटक खुल्ला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथुन सम्पन्न
नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र द स्केटल्याण्ड स्केट पार्कले संयुक्त रुपमा आयोजना गरेको खुल्ला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथुन प्रतियोगिता भव्यताका साथ सम्पन्न
काठमाडौँ : नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र द स्केटल्याण्ड स्केट पार्कले संयुक्त रुपमा आयोजना गरेको खुल्ला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथुन प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।
नेपालमै पहिलो पटक सम्पन्न यो स्केट म्याराथन काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका सुन्दरीजल, आलापोट चोकदेखि गोकर्णेश्वर नगरपालिकाको तालिन्चोकस्थित द स्केटल्याण्डको पार्कसम्म करिब ५ किलोमिटर बराबरको दुरीमा खुल्ला प्रतियोगिता सम्पन्न भएको हो ।
.jpg)
गत शनिबार सम्पन्न प्रतियोगितामा सयौं स्केटरहरुको सहभागितामा रहेको थियो। जसमा नेपाल, भारत, दुवै र मलेसिया लगायतका देशहरुबाट एक सय भन्दा बढी स्केटरहरु सहभागी थिए । जसमध्ये नेपालबाट पुरुषतर्फ प्रथम साम्देन गेल्बु शेर्पा, द्वितीय अनिश गुरुङ र तृतीय सफल थापा भए भने महिलातर्फ पनि नेपालकै प्रथम निमीशा पाख्रीन, द्वितीय मोनिका मगर र तृतीय सिवानी रेग्मी भए ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजारको रासी, मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् भने द्वितीयले ३० हजारको रासी, मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन्। त्यस्तै तृतीय हुनेले १५ हजारको रासी, मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । स्केट मिनी म्याराथन प्रतियोगितामा छिमेकी राष्ट्र भारतबाट फरक क्षमता भएका पाँच जना दृष्टिविहिन ब्यक्तिहरुले समेत भाग लिएका छन् ।
.jpg)
प्रतियोगिता नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यता र गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल र नेपाल स्केटिङ एण्ड स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
स्केट म्याराथुन प्रतियोगिता नेपालमा पहिलोपटक आयोजना गरिएको भएतापनि नेपालभित्र र विभिन्न देशहरूबाट स्केटरहरु सहभागी भएकोले प्रथम प्रतियोगिता कार्यक्रम, एक ऐतिहासिक र संतोषजनक रहेको आयोजक तथा द स्केटल्याण्डका संचालक अब्राहम कुलुङ राईले बताए।
.jpg)
.jpg)
-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित






