थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयले डिप्लोमा निकाल्यो कोशी प्रदेशमै सर्वोत्कृष्ट नतिजा
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकास्थित थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालय डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ तेश्रो सेमेस्टरमा कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने प्राविधिक शिक्षालय
सोलुखुम्बु: सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकास्थित थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालय डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ तेश्रो सेमेस्टरमा कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने प्राविधिक शिक्षालय बनेको छ ।
गाउँपालिकाको केन्द्र मुक्लीमा रहेको उक्त शिक्षालयले डिप्लोमा ईन सिभिल ईन्जिनियरिङ तेश्रो सेमेस्टरमा ६५.७९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै प्रदेशकै सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने प्राविधिक शिक्षालय बनेको हो ।
शिक्षालयको पहिलो ब्याच अन्तर्गत तेश्रो सेमेस्टरका परीक्षामा सामेल ३६ जना विद्यार्थीहरु मध्ये ६५.७९ प्रतिशत अर्थात २५ जना उत्तीर्ण भएका छन् । परीक्षामा राष्ट्रिय सेकेन्डरी स्कुल सुनसरी ५६.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै दोश्रो भएको छ। राष्ट्रिय सेकेन्डरीले ४६ जना विद्यार्थी मध्ये २६ उत्तीर्ण गराएको छ। त्यस्तै, मनमोहन मेमोरियल पोलिटेक्निक मोरङ ४८.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउदै तेश्रो भएका छन् । मनमोहन मेमोरियलले ४८ जना परिक्षार्थी मध्ये २३ जना उत्तीर्ण गराएको परीक्षा बोर्डले जनाएको छ ।
थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालय जिल्लाकै पहिलो सिभिल इन्जिनियरिङ शिक्षालय पनि हो । यहाँ सोलुखुम्बुसहित ओखलढुंगा, खोटाङ, सुनसरीसहितका जिल्लाका विद्यार्थीहरु अध्ययनरत छन् । कोशी प्रदेशमा सिभिल इन्जिनियरिङ विषय अध्ययन हुने २७ वटा शिक्षालय छन् ।
स्थानीय स्तरमै जिवन उपयोगी शिक्षा प्रदान गर्न थुलुङ दुधकोशी गाउँपालिकाले काम गरिरहेको गाउँपालिका अध्यक्ष असिम राईले बताए । शिक्षालय स्थापना भएदेखि नै गुणस्तरिय शिक्षा प्रदान गराउनमा आफूहरु लागि परेकाले गुणस्तरलाई अझ वृद्धि गर्दै लैजाने अध्यक्ष राईले बताए ।
.jpg)
-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित












