किन मान्छे हिमाल चढ्छ ?
हिमाल पवित्रताको र भिसुभियसको ज्वालापर्वत प्रलयको रुप मानिन्छन् । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको भनाइ छ । किराँत महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आफूलाई एउटा क्षुद्र जीव पाउँछ र...।’
नेपाल सरकारले हालसम्म चार सय १४ वटा हिमाल स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि खुल्ला गरेको छ । त्यसो भए तापनि विश्वको अग्लो हिम चुचुरो मानिएको चोमोलुङमा (सगरमाथा नेपाली भाषाको नाम र एभरेस्ट अंग्रेजी भाषाको नाम) -८,८४८ दशमलब ८६ मिटर रहेको छ ।
त्यसैगरी विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा-८,५८६ मिटर रहेको छ । विश्वको चौथो अग्लो हिमाल चाहिँ ल्होत्से/ल्होत्चे हो जुन हिमाल ८,५१६ मिटर अग्लो रहेको छ । अनि विश्वको पाँचौं अग्लो हिमाल मकालु-८,४६३ मिटर हो । विश्वको छैठौं अग्लो हिमाल चो-ओयुको उचाई ८,२०१ मिटर रहेको छ भने विश्वको सातौं अग्लो हिमाल धौलागिरीको उचाई ८,१६७ मिटर । विश्वको आठौं अग्लो हिमाल मनास्लु हो । जसको उचाई ८,१६३ मिटर रहेको छ । त्यस्तै विश्वको १० औं अग्लो हिमाल चाहिँ अन्नपूर्ण प्रथम हो जुन हिमालको उचाई ८,०९१ मिटर हो ।
त्यस्तै विश्वको अग्लो हिमालमा गिन्तीमा नआए तापनि खुम्बु क्षेत्रमा रहेको आमाडाब्लाम हिमालमा पनि धेरै नै पर्वतारोहीहरु आकर्षित हुने गरेका छन् । जुन हिमाल केवल ६,८१२ मिटर अग्लो रहेको छ । त्यसो भए तापनि विश्वका धेरै जसो पर्वतारोहीले आरोहण गरेको र गर्न चाहेको हिमालमा पर्छ ‘-आमा डाब्लाम हिमाल ।’
त्यस्तै गरेर ८ हजार मिटरभन्दा कम उचाई भए तापनि पुमोरी, बरुणत्से, कुम्भकणर् (फक्ताङलुङ), किरात चुली, हिमलुङ, गौ-गुरी, अरनिको चुली, भृकुटी हिमाल, सीता चुचुरा, नीलगिरि, धाम्पुस पिक, लाङटाङ लिरुङ, अन्नपूणर् दोस्रो, बरुत्चे, लाङटाङ री, नुप्चे, चाम्लाङ आदि हिमालमा पनि विदेशी तथा स्वदेशी पर्वतारोहीको आकर्षण रहने गरेको छ । त्यसबाहेक ३३ वटा स-साना टे्रकिङ पिक पनि खुल्ला गरेको छ, सरकारले । जुन ट्रेकिङ पिकहरुको रेखदेख, नियमन र रोयल्टी उठाउने जिम्मा नेपाल पर्वतारोहण संघले पाएको छ ।
मानिसले किन हिमाल चढ्छ ? वा विदेशीहरु किन हिमालयमा घुम्न आउँछन् ? भन्ने सम्बन्धमा एक लेखमा डाक्टर हर्क गुरुङले यस्तो लेखेका छन् ‘-पशुले आहारा खोजेझैँ मानवले रहस्य खोतल्छ । उसको सभ्यता अनुसन्धानमाथि निर्भर गर्दछ । बौद्धिक उत्सुकताले धर्म तथा विज्ञान उम्रिन्छ र शारीरिक जाँगरमाथि उभिन्छ मिश्रको पिरामिड तथा चीनको पर्खाल । केटाकेटीमा चीलको उडाइसित ईष्या लाग्छ भने पछि त्यही इच्छा जीवनको प्रतिस्पर्धामा परिणत हुन्छ । पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको सांस्कृतिक रुप हो ।’ ‘पर्वत संसारको सबैभन्दा गोप्य अङ्ग रहेको छ । त्यहाँ बादलले लुकामारी खेल्छ, धर्ती र आकाशको मिलन हुन्छ । पर्वतहरु मानवीय अनुभवबाहिर हुनाले कहीँ देव र कहीँ दानवका रुप लिन्छन् । हिमाल पवित्रताको र भिसुभियसको ज्वालापर्वत प्रलयको रुप मानिन्छन् । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको भनाइ छ । किराँत महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आफूलाई एउटा क्षुद्र जीव पाउँछ र...।’ -सन्दर्भ स्रोतः डाक्टर हर्क गुरुङद्धारा लिखित, विषय विविध नामक किताबको पाना नम्बर -६१ ।
डाक्टर हर्क गुरुङले भनेझैँ नेपालमा प्रत्येक वर्ष हजारौं विदेशी पर्वतारोहीहरु नेपालमा पर्वतारोहणका लागि आई रहेका छन् । यता नेपालीहरु पेशेवर रुपमा पर्वतारोही हुन अझ धेरै समय लाग्ने देखिन्छ । विदेशी पर्वतारोहीहरु नेपालका विभिन्न हिमाल आरोहण गर्न आउने क्रममा वर्षेनी लाखौं अमेरिकी डलर नेपाल सरकारलाई सलामी दस्तुर अर्थात् रोयल्टीवापत तिर्ने गरेका छन् । त्यसमा प्रमुख रुपमा विश्वकै अग्लो चोमोलुङमा अर्थात् सगरमाथा-एभरेस्ट पर्ने गरेको छ । हामी नेपालीका लागि सगरमाथा लगायत विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमालमध्ये ९ वटा हिमाल नेपालमै हुनु नेपालीहरुका लागि प्रकृतिले सित्तैमा दिएको अमूल्य उपहारका रुपमा रहेका छन् ।
हालसम्म विश्वले मान्यता दिएका विश्वका ८ हजार मिटरभन्दा माथिका अग्ला १४ वटा हिमालमध्ये ८ हजार ८ सय ४८ मिटर अग्लो चोमोलुङमा अर्थात् सगरमाथा/एभरेस्ट, ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा (सेन्छेलुङ/सेवालुङ), ८ हजार ५ सय १६ मिटर अग्लो ल्होत्चे, ८ हजार ४ सय ९६ मिटर अग्लो यालुङकाङ, ८ हजार ४ सय ६३ मिटर अग्लो मकालु (सेसेलुङ), ८ हजार २ सय १ मिटर अग्लो चोओ-यु, ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरी, ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु, ८ हजार ९१ मिटर अग्लो अन्नपूणर्-प्रथम गरी ९ वटा (६० प्रतिशतभन्दा बढी) नेपालमै छन् । जुन कुरो हामी नेपालीहरुका लागि सौभाग्य र गर्वको कुरो हो । अझ ८ हजार मिटरभन्दा माथिका हिमालको कुरो गर्दा अरु ६ वटा थपिदैछन् भनी गत २/३ वर्ष अघिदेखि चर्चामा रहेको छ । तर, ती हिमालले हालसम्म औपचारिक रुपमा मान्यता भने पाईसकेको छैन । जे भए तापनि अब थपिने ती ८ हजार मिटरभन्दा माथिका ६ वटै हिमाल नेपाल सरहदभित्र रहेका छन् ।
खासमा उत्तरी छिमेकी चीन र सार्क राष्ट्रका छिमेकी देश पाकिस्तानमा विदेशी पर्वतारोहीले उनीहरुका देशमा रहेको जुनसुकै हिमाल आरोहण गर्दा लाग्ने शुल्क अर्थात् सलामी दस्तुर नेपालको दाँजोमा ज्यादै कम रहेको छ । त्यसैले नेपालले पनि हाम्रो देशमा रहेका हिमाल आरोहण गर्नका लागि आउने विदेशी पर्वतारोहीलाई लाग्ने रोयल्टी दर घटाउनेतर्फ सोच्ने बेला आएको हो कि ? किनकि, गएको वर्ष नेपाल सरकार र चीन सरकारले संयुक्त रुपमा विश्वकै अग्लो मानिएको सगरमाथाको हिमालको उचाईलाई समान रुपमा ८,८४८.८६ मिटरलाई मान्ने भनी सहमति गरेका छन् । सहमति गरेका मात्रै होइनन् कि संयुक्त रुपमा सगरमाथा हिमालको उचाई ८,८४८.८६ मिटरलाई व्यवहारमै लागू पनि गरिसकेका छन् । स्मरणीय छ, त्यसअघि चीनले सगरमाथाको उचाई ८,८४४ दशमलब ४३ मिटरलाई नै आधिकारिक मान्दै आएको थियो भने नेपालले चाहिँ ८,८४८ मिटरलाई आधिकारिक मान्दै आएको थियो । त्यसले गर्दा धेरै जसो विदेशी पर्वतारोही नेपाल तर्फबाट सरगमाथा आरोहण गर्दा सलामी दस्तुर चीन तर्फबाट आरोहण गर्दा कयौं गुणा महँगो भएतापनि धेरै जसोले नेपाल तर्फबाटै सगरमाथा आरोहण गर्थे । अझै पनि सगरमाथा आरोहणमा नेपालतर्फ आकर्षषण घटी सकेको स्थिति छैन ।
विश्वभरि नै हिमाल आरोहण अर्थात् पर्वतारोहणलाई एक साहसिक र जोखिमले भरिपूर्ण खेल मान्ने गरिन्छ । साथै आर्थिक रुपमा ज्यादै खर्चिलो खेल हो ‘-पर्वतारोहण ।’ पर्वतारोहणका लागि मानिसमा ‘धैर्यता, साहस, एकाग्रता, निडरता, उच्च मनोबल, शान्त स्वाभाव, स्वस्थ्य शरीर हुन जरुरी छ ।
-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित












