कुमार प्रयाशको 'मत हजुर हर्क साम्पाङ' गीत सार्वजनिक
गीतमा ग्गायक तथा संगीतकार कुमार प्रयाश राईले मुख्य स्वर दिएका छन् भने मन माबी राई र मोनीका राईको ब्याक भोकल
काठमाडौँ: ‘मत हजुर हर्क साम्पाङ’ नामक नयाँ गीत औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
गीतमा ग्गायक तथा संगीतकार कुमार प्रयाश राईले मुख्य स्वर दिएका छन् भने मन माबी राई र मोनीका राईको ब्याक भोकल रहेको छ।
गीतमा शब्द राजकुमार राईको रहेको छ। त्यस्तै, संगीत नीलम रोजु राईको रहेको छ। गीतको मिक्स तथा मास्टरीङ् किशोर थापाले गरेका छन् भने एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका छन्। रेकर्डिङ ए वान स्टुडियोमा गरिएको हो।
गीतको भिडियो हर्का साम्पाङ टिम्सले छायांकन र सम्पादन गरेका छन्। बिशाल राई ‘एम एफयू'ले सूचना–प्रविधि (आईटी) सपोर्ट प्रदान गरेका छन्।
गीत युट्युव च्यानल मिरा देवी राई मार्फत सार्वजनिक गरिएको छ।
-
0%
लाइक
-
0%
मनपर्यो
-
0%
अचम्मित
-
0%
दुःखी
-
0%
आक्रोशित






