थुलुङ राई संस्कृति प्रतिष्ठानको दुई दिने किरात लिपी प्रशिक्षण कार्यक्रम सुरु

"किरात लिपीको ज्ञान, किरातीहरूको पहिचान, दस्तवेजीकरणको आधार" भन्ने मुल नारा
थुलुङ राई संस्कृति प्रतिष्ठान – यलखोम समितिको आयोजनामा आज (शुक्रबार) देखि दुई दिने किरात लिपी प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

 

 

काठमाडौँ : थुलुङ राई संस्कृति प्रतिष्ठान – यलखोम समितिको आयोजनामा आज (शुक्रबार) देखि दुई दिने किरात लिपी प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

कार्यक्रम काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले दिप प्रज्वलन गरेसंगै औपचारिक रुपमा सुरु भएको छ। प्रशिक्षण कार्यक्रम आज र भोली (श्रावण २५ र २६ गते) बिहान ६:३० देखि ११ बजेसम्म सञ्चालन हुने प्रतिष्ठानका अध्यक्ष निर्कुधन राईले जानकारी दिए।

"किरात लिपीको ज्ञान, किरातीहरूको पहिचान, दस्तवेजीकरणको आधार" भन्ने मुल नाराका साथ हुने कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले सहभागीता शुल्क एक हजार तिर्नु पर्नेछ। सहभागी प्रशिक्षार्थीहरूले प्रमाण पत्र दिइनेछ।

किरात लिपीको ज्ञानलाई विस्तार गर्दै, किरातीहरूको पहिचानलाई मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष राईले बताए। यस कार्यक्रमको औपचारिक सत्र प्रतिष्ठानको आधिकारिक पेज Thulung Rai Culture Foundation बाट प्रत्यक्ष प्रसारण गरिनेछ।

प्रशिक्षणका रुपमा गणेश वम्बुले राई र तीर्थ मुकारुङ राई रहेका छन्। 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा