हामीले बिर्सिएका वीरंगना ‘पासाङ’ 

पासाङ ल्हामु शेर्पाकै प्रेरणाले गर्दा पनि आज लगभग ६५–६७ जना नेपाली महिलाहरुले विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण गरिसकेका छन् । एक पटक फेरि पनि नेपाली वीरंंगाना पासाङ ल्हामु शेर्पाले देशलाई दिनु भएको अमूल्य योगदानलाई स्मरण गरौं ? !…

 

 

कुरो आजभन्दा लगभ ३२ वर्षअघि अर्थात् सन् १९९४ अप्रिलको हो । हुनत त्यो समय महिलाहरु अहिले जस्तो समाज र देशका लागि केही न केही गर्न भनी खेलेर आगाडि बढ्ने समयमा आई सकेको थिएन । तर, त्यो बेलाको प्रतिकूल समय पनि पासाङल्हामु शेर्पाले ‘प्रथम नेपाली महिला’को हैसियतले विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान राख्नु भएको थियो । हुन पनि यसो सम्झौं त त्यो बेला समय कस्तो थियो ? तर, अहिले समयमा आकाश–जमीनको अन्तर आई सकेको अवस्था छ । किनभने, अहिलेको समाजमा को महिला को पुरुष, जोसुकै मान्छे (महिला अथवा पुरुष) होस् उनीहरुले चाहेमा चाहेको काम–कुरो गर्न सक्छन् । खासमा भन्ने हो भने, तपाईँ–हामी (अलि अगाडिको पुस्ता) लाई थाहा छ कि, त्यो बेला कति महिलाहरु राजनीतिमा लागेका थिए, कति नै महिला समाज सेवामा लागेका थिए । कति महिलाहरु निजामती कर्मचारी सेवमा लागेका थिए, कति नै महिलाहरु जनपद प्रहरीमा थिए ? अझ तत्कालीन शाही सेनामा त प्राविधिक क्षेत्रमा बाहेक महिलालाई भर्ना गर्ने प्रचलन थिएन । हामीले गहिरो गरी हेर्यौं भने, विसं २०४९/०५० ताका नेपालको जुनसुकै राजनीतिक दलमा किन नहोस्, थोरै संख्यामा महिलाहरुको सहभागिता रहेको थियो । 

नेपाली महिलाहरुका लागि त्यसो प्रतिकूल समय रेहको समयमा पनि पासाङल्हामु शेर्पाले ‘प्रथम नेपाली महिला’को हैसियतले विश्वकै अग्लो हिमाल सगरमाथा हिमाल सन् १९९४ अप्रिल २२ का दिनआरोहण गर्नु भएको थियो । तर, दैव अथवा भनौं प्रकृतिको अगाडि कसको के लाग्छ ? भनाइको मतलब शिखर आरोहणपछि फर्कने क्रममा बिचबाटामै उहाँले आफ्नो अमूल्य जीवन गुमाउनु पर्यो । त्यसरी पासाङ ल्हामु शेर्पाले एक साहसी र अदम्य नेपाली महिलाका हिसावले विश्वकै अग्लो हिम चुचुरो सगरमाथाको शिरमा सफलता पूर्वक पाइला राख्न सफल हुनु भएको थियो । त्यसैले समग्रमा नेपाली महिलाहरुको सहभागिताका कुरो गर्दा आजभन्दा लगभग ३२ वर्षअघिको समय र अहिले समयमा धेरैं अन्तर आई सकेको छ । हामीले विगत समय हेर्यौं भने, विसं २०४९/०५० तिर नेपालको जुनसुकै राजनीतिक दलमा एकदमै थोरै संख्यामा मात्रै महिलाहरुको सहभागिता हुने गर्थ्यो भन्ने त माथि नै एक प्रसंगमा । लेखिएको छ । हुन पनि ऊ बेला नेपालका प्रायः सबै ठूला राजनीतिक दलको केन्द्रीय समितिमा कमै महिलाहरुलाई मात्रै राखिन्थ्यो । त्यस्तै निजामती कर्मचारीमा पनि बल्लैले मात्रै एका–दुक्का उपसचिव, सहसचिव तहमा महिलाहरु हुन्थे, पुग्थे ।

अहिलेको जमाना आजभन्दा लगभग ३२ वर्षअघिको जस्तो रहिरहेन । किनभने, ऊ बेला र अहिलेको समयमा धेरै उछाल वा भनौं ठूलो अन्तर आई सकेको छ भन्न सकिन्छ । किनभने अहिले महिलाहरु  देशको राष्ट्र प्रमुख अर्थात् राष्ट्रपति, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, संघीय संसदको सभामुख, उपसभामुख, उपप्रधानमन्त्री, निजामती कर्मचारीमा मुख्य सचिव, जनपद प्रहरीमा एआईजी, नेपाली सेनामा कर्णेल–जर्नेल , परराष्ट्रमन्त्री, पत्रकार महासंघको अध्यक्ष, विद्यार्थीहरुको अध्यक्ष एवम् प्रकारले खेलकुद क्षेत्रमा क्याप्टेन बनेर देखाई सकेका छन् । त्यस्तै गरेर अनेकौं सामाजिक क्षेत्रहरुमा पनि हजारौं महिलाहरुले नेतृत्वदायी भूमिका खेलेका छन्, गरिमामय पद कुशलता पूर्वक सम्हालेका छन् । अनेकौ महत्व पूर्ण भूमिका औपचारिक तथा अनौपचारिक रुपमा निभाई रहेका छन् ।   

यसै सन्दर्भमा आजभन्दा लगभग ३२ वर्षअघिको समयमा नै विश्वको अग्लो हिमाल चोमोलुङ्मा अर्थात् सगरमाथा–एभरेस्ट चढेर सम्पूर्ण नेपाली महिलाहरुको नाम ऊँचो राख्ने उदेश्य लिएर हिँड्नु हुने एक अदम्य तथा साहसी नेपाली महिला ‘पासाङ ल्हामु शेर्पा ।’ का बारेमा केही लेखिने छ । उहाँले सन् १९८९–९० देखि विश्वको अग्लो हिमाल चोमोलुङ्मा अर्थात् सगरमाथाको शिरमा पाईला राखेर नेपाली महिला पनि विश्वका विकशित र विकासशील देशका महिलाभन्दा कम छैनन् ! भनी देखाउने प्रयासमा लाग्नु भएको थियो । उहाँले चार वर्षको लगातार प्रयासपछि सन् १९९४ अप्रिल २२ का दिन ‘प्रथम नेपाली महिला सगरमाथा आरोही’को रुपमा सफलता पूर्वक पाईला राख्न सफल हुनु भएको थियो । तर, दैव अथवा भनौं प्रकृतिको अगाडि कसको के लाग्छ र ? भनाइको मतलब शिखर आरोहणपछि फर्कने क्रममा बिचबाटामै उहाँले आप्‌mनो अमूल्य जीवन गुमाउनु पर्यो । हो, त्यसरी पासाङ ल्हामु शेर्पाले एक साहसी एवम् अदम्य नेपाली महिलाका हिसावले विश्वकै अग्लो हिम चुचुरोमा सफलता पूर्वक पाइला राख्न सफल भएको भए तापनि सो सफलताको कथा, कहानी, आरोहणका क्रममा भएका वा गरिएको संघर्षका कथा अनि गाथाहरु एवम् प्रकारले आफूले भोगेका वाधा –व्यवधान, दुःख सुखका अनुभवहरुका साथै अनुभूतिहरु, मानसिक चोटहरु र ह्रदयमा घडेर रहेको चोट र पीडाका अनगिन्ती किस्साहरु हामीलाई सुनाउन पाउनु भएन । त्यसका धेरै कारणहरु रहेका थिए । 

पहिलो कारण त त्यो वेलाको राजनीतिक दल एवम् राजनीतिक दलका नेताहरुको व्यवहार रहेको थियो । किनभने, पासाङ ल्हामु शेर्पालाई त्यो वेला एक स्वतन्त्र दलमा आफै चोमोलुङ्मा चढ्न जान अनुमति दिनेभन्दा पनिा भारतीय आरोहणको नेतृत्व गरेकी बचेन्द्र पालको र नै पहिलो 

यहाँ पासाङ ल्हामु शेर्पाका बारेमा ऊ वेला सुनेको कथा कहानी लेख्दा आफ्‌नो इतिहास बताए जस्तो पनि होला । त्यसैले धेरै कुरो नलेखौं । त्यसो भए तापनि पासाङ ल्हामु शेर्पा सगरमाथा हिम चुचुरोतर्फ प्रथम महिलाका रुपमा आरोहण गर्न जाँदै हुहुहुन्छ भन्ने कुरो नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारीले थाहा पाउनु भइपछि एक नेपाली महिला सगरमाथा आरोहीका हिसावले पासाङ ल्हामु शेर्पालाई सगरमाथा आरोहणको सफलताको अग्रिम वधाई र शुभकामना दिनका लागि नेकपा (एमाले) को केन्द्रीय कार्यलयमा बोलाएर पासाङ ल्हामु शेर्पा एवम् उहाँको टोलीलाई पुष्प गुच्छासहित सगरमाथा आरोहणको सफलताको लागि अग्रिम शुभकामना दिनु भएको थियो । त्यस कुरोलाई ऊ वेला सरकारमा रहेको राजनीतिक दलका नेताले राजनीतिकरण गर्न खोजेका थिए । 

अनेक दुःख, कष्ट सहेर संघर्ष गरेर विश्वकै अग्लो हिम चुचुरोमा सगरमाथा अर्थात् चोमोलङ्मा चढ्न सफल हुनु भएका पासाङ ल्हामु शेर्पालाई उहाँको कदर स्वरुप तत्कालीन श्री ५ को सरकारले विसं २०५९ मा ‘१५ औं राष्ट्रिय विभूति’ घोषणा गर्यो । त्यस्तै काठमाडौँ त्रिशुली सडक खण्डको नाम पनि  ‘पासाङ ल्हामु मार्ग’ राखिएको छ भने पासाङ ल्हामु शेर्पालाई मरणोपान्त ‘नेपाल तारा’ पनि दिईयो । त्यस्तै गरेर ‘पासाङ ल्हामु शेर्पाको चित्र अङ्कित’ हुलाक टिकट पनि प्रकाशित गर्यो, सूचना तथा सञ्चार मन्त्रालयले । साथै खुम्बु हिम श्रृङ्लामा अवस्थित ७ हजार ३१५ मिटर अग्लो स्थानीय नाम ‘जाक्सम्बा’ रहेको हिमालको नाम पनि ‘पासाङ ल्हामु चुली’ राखेको छ,नेपाल सरकारले । त्यस्तै नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले पनि एक धान र एक गहुँको नाम पासाङ ल्हामु शेर्पाले पुर्याउनु भएको योगदानलाई सम्मान गर्दै ‘पासाङ ल्हामु’ राखेको छ । त्यस्तै गरेर जनस्तरमा पनि पासाङ ल्हामु शेर्पाको सम्मानमा विभिन्न चोक, सडक, गल्ली, गोरेटो, रंगशाला, गाउँ–ठाउँको नाम आदि पनि ‘पासाङ ल्हामु’ राखेका छन् । त्यसमा मुख्य गरेर काठमाण्डौको चाबहिल/चाबेलको चुच्चेपाटीमा रहेको पासाङ ल्हामु शेर्पाको मूर्ति, वा भनौं शालिक एक रहेको छ । उता काठमाण्डौकै धुम्रबराह (पासाङ धुम्बाराही) मा ‘पासाङ ल्हामु वाल क्लाईम्बिङ सेन्टर’ खोलिएको छ भने, काठमाण्डौ महानगर पालिकाको ७ नम्बर वडाको बौद्धबाट तीनचुले निक्लने एक गल्लीको नाम ‘पासाङ ल्हामु मार्ग’ राखिएको छ । त्यस्तै गरेर काठमाण्डौ महानगर पालिकाकै (पहिले ३३ वडा) अहिले ३१ वडा नम्बरमा पर्ने ठूलो खरिको बोटदेखि सहकारी विभाग निक्लने एक गल्लीको नाम पनि ‘पासाङ ल्हामु मार्ग’ राखिएको छ ।  

यो पङ्तिकारको विचारमा हाम्रो देश नेपाललाई विभिन्न तरिकाले योगदान दिने हजारौं वीर–वीरंगानाको सूचीमा ‘पासाङ ल्हामु शेर्पा’ पर्नु हुन्छ । त्यही कारण पनि पासाङ ल्हामु शेर्पालाई सदासर्वदा सम्झनुपर्ने हुन्छ । त्यसैले आजभन्दा लगभग ३२/३३ वर्ष अघि अर्थात् सन् १९९४ अप्रिल २२ का दिन ‘प्रथम नेपाली महिला सगरमाथा आरोही’को रुपमा पासाङ ल्हामु शेर्पाले सफलता पाउनु भएको अवसरमा यो छोटो लेख लेखेको हुँ । त्यसो त पासाङ ल्हामु शेर्पाकै प्रेरणाले गर्दा पनि आज लगभग ६५–६७ जना नेपाली महिलाहरुले विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण गरिसकेका छन् । एक पटक फेरि पनि नेपाली वीरंंगाना पासाङ ल्हामु शेर्पाले देशलाई दिनु भएको अमूल्य योगदानलाई स्मरण गरौं ? !…

लेखक निनाम लोवात्ती, एक कुलुङ जातिको पहिचान, संस्कृति र एकताका अभियन्ता तथा अनुसन्धानकर्ता हुन्। यो लेखमा अभिव्यक्त गरिएका विचार, तथ्य र आधारहरु नितान्त लेखकको हो।
सम्बन्धित समाचार