साल्पा सिलिचुङको नाममा कति पैसो उठ्यो, अब कति उठाईने हो ? 

यो लेख ‘कसैसँग अनुराग र द्धेष’ राखेरभन्दा पनि पैसा कति उठ्यो, कति उठाईने हो, कसरी खर्च भई रहेको छ ? जानकारी गराउँछन् कि ? भनेर मात्रै लेखिएको हो ।

 

 

हामी नेपालीहरुमा आम रुपमा एउटा प्रचलन व्यवापक रुपमा चलेको छ, जो कसैले कुनै विषयमा जवाफ दिनुपर्ने भएमा अथवा कुनै पनि काम कुरोको जवाफदेहीताबाट आफू पन्छिनुपर्ने भएमा अथवा अरुलाई जेसुकै आरोप लगाएर आफू उक्त जवाफदेहीताबाट उम्किनका लागि एउटा सजिलो भनाइ वा उदाहरण दिने गरिएको अथवा भनौं राख्ने गरिन्छ । त्यो हो, ‘ए...त्यो फलानो नाम गरेको मान्छे, ऊ त ...द्धारा परिचालित मान्छे हो, कसैले परिचालन गरेको मान्छे भएकैले गर्दा जताभावी बोल्छ, लेख्छ । नभए ऊसँग के प्रमाण छ ? प्रमाण छ भने ले भन न...?!’ त्यसपछि त सक्कि गो ???... मेरो भनाइको मतलब हो, हाम्रो देशमा प्रश्न कुनै पनि विषयमा प्रश्न गर्नु, जिज्ञासा राख्नु, जान्न चाहनु, बुझ्न चाहनु भनेको नै कसै (जो कोही) द्धारा परिचालित हुनु अथवा कसैले परिचालन गरेको मान्छे करार हुनु हो । अर्थात् जो कोही प्रश्न गर्ने, जिज्ञासा राख्ने, जान्न चाहने, बुझ्न चाहने मान्छेहरुलाई चाहिँ हामी नेपालीहरुले फ्याट्ट भनी दिने गर्छौंं, ‘तँलाई कसैले परिचालन गरेको छ !?’, ‘तँ कसैले परिचालन गरेको मान्छे होस् !?’ नेपालमा यस्तो खालको भोगाई वा भनौं मार धेरै मानिसहरुले भोगेका छन्, खेपेका छन् । जो मानिस चाहिँ आफ्नै अगाडि गलत काम कारबाही भएको देख्दा देख्दै पनि चुईँक्क नगरी बस्छ, ‘कालोलाई सेतो र सेतोलाई कालो !’ एवम् प्रकारले ‘रातलाई दिन र दिनलाई रात !’ बिना हिचकिटावट भन्न सक्छ, ऊ चाहिँ एकदमै असल र राम्रोमान्छेमा दरिन्छ, गनिन्छ । नेपालमा आम रुपमा योस्तो मान्यता स्थापित हुँदै गएको छ । 

अझ हाम्रो देश नेपालमा यस्तो मान्यता भनाइ लागू गर्ने मामिलामा कथित् एक जाति ‘राई !’ २२, २४, २६, २७, २८,...भाषी ‘राई !’ भनिने संस्था, तिनका हर्ताकर्ताका साथै उनीहरुका पिछलग्गु ‘राई !’ सर, ‘राईनी !’ म्याडमहरु सबैभन्दा अगाडि छन् भनी दाबी गर्न सकिन्छ ?! त्यतिले मात्रै नपुगेर राई के हो ? के साँच्चै एक जाति ‘राई !’ २२, २४, २६, २७, २८ भाषी ‘राई !’ हुन्छ, छन् ? यदि हुन्छ, छन् भने त्यसरी ‘म एक जाति ‘राई !’ हुँ तर मेरो मातृभाषा चाहिँ २२, २४, २६, २७, २८ वटा छ भनेर खरररर...‘२२, २४, २६, २७, २८ भाषामा बोल्न सक्ने कुनै माईकालाल ‘राई !’ देखाउन, भेटाउन सक्छन् ? उनीहरु यस्तो वास्तविकतातिर नगएर सही कुरो उठाउने, लेख्ने, बोल्नेहरुलाई एक जाति ‘राई !’ २२, २४, २६, २७, २८ भाषी ‘राई !’ फुटाउन आँटेको आरोप लगाउन अघि सर्छन्, नेपालका साथै विदेशमा रहेका ‘राई !’सर, ‘राईनी !’ म्याडमहरु । उनीहरुले त्यसरी आरोप लगाउनुको कारण अनेक रहेको देखिन्छ । तापनि मुख्य कारण चाहिँ एक जाति ‘राई !’ २२, २४, २६, २७, २८,...भाषी ‘राई !’ भन्दै संख्या र भिड देखाएर, संख्या र भिडलााई भजाएर व्यक्तिगत रुपमा फाइदा लिनुलाई मुख्य मान्नुपर्ने हुन्छ । मैलै यो लेख (र, विगतदेखि नै) मा किन पनि कथित् एक जाति ‘राई !’ २२, २४, २६, २७, २८, भाषी ‘राई !’ भनी रहेको छु भने, भोलिका दिनमा कसैले साँच्चै गहन वैज्ञानिक ढंगले अध्ययन-अनुसन्धान गर्दा जाति अथवा समुदाय हुने (जात, वर्ग, समूह चाहिँ हुन सक्छ ।) कुनै आधारहरु  नभएको हुनाले नभेटिने-नदेखिने हुनाले कथित् एक जाति ‘राई !’ २२, २४, २६, २७, २८ भाषीवाला ‘राई !’ भन्ने, लेख्ने गरिरहेको हो । 

चुरो कुरो के हो भने, विगत केही वर्षदेखि ‘साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्धन केन्द्र अन्तरर्राष्ट्रिय समिति’को नाममा, त्यहाँ केके, केके स्थापना गर्ने नाममा देश-विदेशमा रहेका आदरणीय नेपाली महानुभाव ज्यूहरुबाट दान-दक्षिणा र चन्दा अनि सर-सहयोग वा भनौं रकम उठाउँदै आई रहेको देखिन्छ, देखिन्थ्यो । सो क्रममा कहाँ कहाँबाट कति रकम उठाए वा उठ्यो होला ? भनेर एक जिज्ञासु मान्छेको नाताले प्रश्न राख्दैछु । कतै प्रश्नै गर्नै नपाईने पो हो कि ? जे होस्, यदि पाईने रहेछ, पाईन्छ भने, हालसम्म कति ‘...हजार, ...लाख, ...करोड, ...अर्ब, ...खर्ब !’ रकम उठ्यो होला त ? एवम् रीतले साल्पा सिलिचुङमा राखिएको त्यो सामान्य मूर्ति बनाउँदा अथवा किन्दा त्यसको दाम कति पर्यो होला ? एवम् त्यो मूर्ति त्यहाँ (सिलिचुङ डाँडोमा) लगेर राख्नका लागि कति रकम लाग्यो (खर्च भयो) होला ? के हामी पनि यो देशको एक सामान्य नागरिक भएको नाताले जान्न र सुन्न एवम् थाहा पाउन सकिन्छ थाहा पाईन्छ कि ? वा भनौं म मात्रै नभएर सो सम्बन्धमा नेपालका हर कोही जिज्ञासु मानिसहरुले पनि जानकारी राख्ने हक-अधिकार छ कि ? अर्को भनेको सुनिएअनुसार कथित् ‘राई !’ जातिका प्रा., डा., प्राडा, विद, विज्ञ, कार अति जान्ने सुन्ने (अजासु) आदि भनिनेहरुलाई काठमाडौँमा केही पटक कार्यक्रम गरियो अरे । हो, त्यसरी कथित् ‘राई !’ जातिका प्रा., डा., प्राडा, प्राज्ञ, विद, विज्ञ, कार, अति जान्ने सुन्ने (अजासु) आदि भनिनेहरु कार्यक्रममा आउँदा, सहभागी हुँदा ती प्रा., डा., प्राडा, प्राज्ञ, विद, विज्ञ, कार, अति जान्ने सुन्ने (अजासु) भनिनेहरु कार्यक्रममा आउँदा, सहभागी हुँदा सामान्य चिया-बिस्कुट मात्रै खाएर (त्यो पनि आफ्नै पकेटको पैसा खर्च गरेर ?!) पो कार्यक्रममा सहभागी भए होलान् कि ? किनभने, कतिपय मान्छेहरुले आफ्नो जात, धर्म, समूह, वर्ग, लिङ्ग एवम् स्वार्थ मिल्नेहरुका लागि त त्यसरी पनि सहभागी हुन, सरसहोग गर्न र, काम गर्न सक्छन्, सकिन्छ नै । 

जे भए तापनि अहिलेसम्म साल्पा सिलिचुङ (देवीदेवता) का नाममा कति लाग्यो होला ? अझै पनि मेरो प्रश्न रहिरहने छ । त्यसैले गदर्माखेरि सो सम्बन्धमा ‘साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्धन केन्द्र अन्तरर्राष्ट्रिय समिति’ का हर्ताकर्ता ‘राई !’ सर, ‘राईनी !’ म्याडमहरुले सार्वजनिक रुपमा पत्रकार सम्मेलन गरेर वा विज्ञप्ती जारी गरेर सर्वसाधारण जनको जानकारीमा आउने गरी जनाऊ दिन्छ कि त ? भन्ने आशा गरौं । त्यसैले हामी जस्ता सर्वसाधारण जनले पनि ‘साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समिति’ ले पहिलो चरणमा उठाएको रकमको हरहिसावको फरफाक (कति उठ्यो कसरी खर्च भयो ?) एकएक गरेर हरहिसाव हेर्न, देख्न, जान्न पाइन्छ कि ? भन्ने आशा गरौं । त्यसैले पुनः भन्नु पर्दाखेरि मैले एक सर्वसाधारण मान्छेको हिसावले मात्रै प्रश्न गर्या हो । साँच्चै साल्पा सिलिचुङ (देवीदेवताहरु) को नाममा पहिलो चरणमा कति रकम उठ्यो होला ? एवम् प्रकारले  दोस्रो चरणका लागि दान-दक्षिणा र चन्दा अनि सर-सहयोग वा भनौं रकम कसरी उठीरहेको छ होला ? पारदर्शिता छ, छैन ? जिज्ञासा राखेँ है, ‘राई !’ सर, ‘राईनी !’ म्याडमहरु ।  

अर्को कुरो भनेको के भनेदेखि अहिले पुनः साल्पा सिलिचुङ (देवीदेवताहरु) को नाममा रकम उठाईँदै गरेको अभियानमा जम्मा कति उठाईने होला ? सो सम्बन्धमा पनि जान्न र बुझ्न पाईन्छ कि ? अनि सरकारी स्तरमा (३ वटै तहमा) पहल भयो, भएन ? भएन भने किन भएन ??? त्यसैले म एक पटक जोड गरेर भन्छु, आग्रह गर्छु कि, विश्वका विभिन्न देशमा गएर श्रम गरेर अनि दुःख जिलो गरेर, रगत पसिना बगाएर कमाएको, आफ्नो नानी-बाबुहरुको पढाई लेखाईलाई समेत दाउमा राखेर वा कटौती गरेर दिएको दान-दक्षिणा र चन्दा अनि सर-सहयोग वा भनौं रकम कसरी र कहाँ खर्च हुन्छ ? खर्च भई रहेको छ ? पारदर्शिता छ, छैन ? बुझेर हेरेर मात्रै दिने, नदिने विचार गरिकन बल्ल कदम चाल्नु हुन्छ कि ? त्यसैले जताभावी सहयोग गर्न-दिनुअघि एकपटक, हजारपटक मात्रै होइन, लाखौंपटक सोचेर मात्रै दिनु हुन्छ कि ? दान-दक्षिणामा रुचि राख्ने महानुभाव ज्यूहरुलाई मेरो व्यक्तिगत सुझाव मात्रै हो । मेरो भनाइ नै अनिवार्य लागू हुनुपर्छ, हुन्छ भन्ने होइन । किनभने, यो मेरो व्यक्तिगत धारणा र आग्रह मात्रै हो । जे भए तापनि नेपालमै रहनु भएका तथा विश्वभरि काम गर्न अथवा स्थाई बसोवास गर्न गएका आदरणीय बुबाअमा, दिदीबहिनी, दाजुभाइ तथा साथीभाइहरुले एकपटक सोच्नु होला...?! 

नोटः यो लेख ‘कसैसँग अनुराग र द्धेष’ राखेरभन्दा पनि पैसा कति उठ्यो, कति उठाईने हो, कसरी खर्च भई रहेको छ ? जानकारी गराउँछन् कि ? भनेर मात्रै लेखिएको हो । 

 

लेखक निनाम लोवात्ती, एक कुलुङ जातिको पहिचान, संस्कृति र एकताका अभियन्ता तथा अनुसन्धानकर्ता हुन्। यो लेखमा अभिव्यक्त गरिएका विचार, तथ्य र आधारहरु नितान्त लेखकको हो।
सम्बन्धित समाचार